इटहरीः नेपाली कथानक चलचित्र फिदाको पहिलो गीत सार्वजनिक भएको छ । अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ गीतको भिडियो ओ एस आर डिजिटलमार्फत् सार्वजनिक भएको हो ।

मोहन गमालको प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको फिदा चलचित्रमा रहेको शीर्ष गीत सार्वजनिक भएको हो । हरि मानन्धर विवशको गीत गैरे सुरेसको संगीतमा गीत निमार्ण भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेस गरिएको छ । विश्वास भण्डारीको छायांकन तथा सम्पादन, राजन महर्जनको नृत्य निर्देशन, द्वन्द्व राजु किरातमा प्रतिभा चाम्लिङ राई र ग्रुपको नृत्य रहेको छ । फिदा मुविमा राजु पौड्याल, दिप्ति लामिछाने, प्रवेश लिम्बू, प्रतिभा राई, राजन महर्जन, प्रेमा मगर र सरोज शिवको अभिनय रहेको छ ।