इटहरीः मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चोकमा मोटरसाइकलको ठक्करबाट दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलको ठक्करबाट ४० वर्षीय भारतीय नागरिक दिनेश पटेलको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार सडक पार गर्दै गरेको अवस्थामा आइतबार राति ८ बजेतिर तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएपछि घाइते भएका पटेलको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा आज (सोमबार) बिहान ६ः३० बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अशोक अधिकारी पनि घाइते भएका छन् । सामान्य अवस्थाका उनको विराट शिक्षणमै उपचार भइरहेको डीएसपी तिम्सिनाले जानकारी दिए । घटनाबारे विस्तत अनुसन्धान जारी रहको प्रहरीले जनाएको छ ।