इटहरीः सामान्यतया औपचारिक कार्यक्रममा कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरुलाई मञ्चमा राख्ने गरिन्छ । जव कार्यक्रममा आएका प्रमुख अतिथीले मञ्चमा बस्न इन्कार गर्छन् त्यतिबेला के हुन्छ ?
यस्तै भयो अनेरास्ववियू र युवा संघ नेपाल सुनसरीले शनिवार सुनसरीको रामधुनी नगरपालिका स्थित झुम्कामा आयोजना गरेको एक कार्यक्रममा ।
नेकपा एकिकृत समाजवादी समर्थित युवा विद्यार्थीहरुको कार्यक्रममा प्रमुख अतिथी बनेर आएका युवा संघ नेपालका अध्यक्ष तथा नेकपा एसका केन्द्रिय सदस्य नरेश शाही मौसम खराबका कारण जहाज डिले भएकाले ढिला गरी कार्यक्रममा उपश्थित भए ।
हाम्रो कन्टेस्टमा सामान्यतया कार्यक्रमहरु प्रमुख अतिथी नआउँदा सम्म सुरु नै हुदैनन् । हुन त विहानै भनेर निम्ता गरिएका अतिथीहरु कार्यक्रम ढिला हुँदा पनि कार्यक्रम सुरु हुने पर्खाइमै बसेका थिए । प्राविधिक कारणले काठमाण्डौबाट आउनुपर्ने अतिथी ढिला आउँदा कार्यक्रम ढिलो गरी सुरु भएको पनि हुन सक्छ तर पार्टीको कार्यक्रम र सबै पार्टी प्रति निष्ठा बोकेका अतिथिहरु हुदाँ खासै प्रभाव भने परेन् ।
आसन ग्रहण, शहिदप्रति एक मिनेट मौन धारण, राष्ट्रिय गान, यी कार्यक्रमहरुमा हुने नियमित औपचारिकताहरु हुन अझ भनौ कम्युनिष्टहरुको कार्यक्रममा त अन्तराष्ट्रिय गान पनि समावेश हुन्छ त्यतिमात्र नभएर अनेरास्ववियूको कार्यक्रममा उनिहरुको आफ्नै गीत पनि समावेश भएको हुन्छ ।
युवा संघ नेपाल र अनेरास्वियूको सुनसरी जिल्ला कमिटिको घोषणा तथा सपथग्रहण भनेर राखिएको कार्यक्रममा प्रमुख अतिथी आउँदा सम्म कार्यसमिति घोषणाको कार्यक्रम लगभग सकिसकेको थियो ।
अनेरास्ववियूको कार्यसमिति घोषणा गर्दै आफ्नो मन्तव्य व्यक्त गरिरहेका अनेरास्ववियूका केन्द्रिय सचिव सुमन कार्कीले प्रमुख अतिथिलाई स्वागत गर्दै मन्चमा गएर आशन ग्रहण गर्न आग्रह गरे । २ पटक सम्म गरिएको आग्रहमा युवा संघका अध्यक्ष नरेश शाहीले आफुलाई मन्च हैन तलनै ठिक छ भन्दै उभिएर सबैलाई सम्मान गरेका थिए ।
अनुरोध पछि शाही मन्चमा त गए तर आफु मन्चमा नबस्ने तलै सहज भएको भन्दै दर्शक र अन्य उपश्थितसँगै बसे । पछि शाहीले युवा संघ केन्द्रिय कमिटिको बैठकबाट निर्णय भए बमोजिम मन्चमा कार्यक्रमका अध्यक्षमात्रै बस्ने र अन्य सहभागी मन्चमा नबस्ने निती रहेकाले आफु तलै बस्ने खबर पठाएका थिए । त्यो खवरलाई अनेरास्ववियुका सचिव सुमन कार्कीपढेर सबैलाई जानकारी गराए । मन्चमा भएका अन्य अतिथिहरु मन्चै बसिरहे प्रमुख अतिथी शाही तलै बसेर अरुले गरेको मन्तव्य सुनिरहे ।
आफ्नो मन्तव्यको क्रममा शाहीले सचिवालय स्तरीय निर्णय भएकाले युवा संघको कार्यक्रममा कार्यक्रममा अध्यक्ष बाहेक अन्य अतिथिहरु मन्चमा नबस्ने स्पष्ट पारेका थिए । आफुहरु परिवर्तनका लागि लडेको हुनाले सचिवालय स्तरीय नियम उल्लँघन नगर्ने पनि उनले बताए । अव उप्रान्त युवा संघका सुनसरीका कार्यक्रमहरु पनि यस्तै प्रकार हुने र समयमै कार्यक्रम सुरु गर्नुका साथै कार्यक्रम सुरु गर्नलाई प्रमुख अतिथीको उपस्थिती अनिवार्य नहुने स्पष्ट पारेका थिए ।