इटहरीः मोरङको रतुवामाई नगरपालिका–१० मा आइतबार दिउँसो रुखबाट लडेर एक ज्येष्ठ नागरिक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका –१० सोमबारेकी ७३ वर्षीया डम्बरकुमारी दाहाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घाँस झार्नलाई रुख चढेका बेला लडेर घाइते भएकी महिलालाई उपचारार्थ विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।