दमकः झापाको दमक नगरपालिक ५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जनालाई नगद सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका ५ का ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका १ का ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका ५ का ५८ बर्षिय लक्ष्मी ढकाल रहेका छन् । त्यसैगरि दमक ५ की ३४ बर्षीया कमला राई, दमक ५ की ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका ३ का ५१ बर्षिय राज कुमार खड्का रहेका छन् ।
आइतबार ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेकै अबस्थामा नगद रु। ४० हजार र ३ बुङ तास सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।