इटहरीः स्कारपियोको ठक्करबाट मोटरसाईकल चलकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी ईटहरी उप महानगरपालिका ६ का ३४ बर्षिय शंकर पोख्रेल रहेका छन् ।
 आइतवार बिहान पौने १० बजे पथरीशनिश्चरे नगरपालिका २ जयचोक स्थितमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १०२ ०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पुर्‍याईएकोमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको हो ।
 स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका १ का २६ बर्षिय रोशन बिकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।