इटहरीः सुनसरीको इटहरीस्थित बुढी खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी तथा ढुङ्गा चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सात ओटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

गत शुक्रबार बिहान विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ट्याक्टरहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इटहरी उपमहानगरपालिकाको जिम्मा लगाएको इटहरी प्रहरी प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले जानकारी दिए ।