इटहरीः बैंकिङ कसुर मुद्दामा फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उम–महनगरपालिका–७ की ५० सुनिला याखालाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरेको हो । बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७८ वैशाख १६ गतेको फैसला आदेशले १ वर्ष ६ महिना कैद र नगद रु.५ लाख ८ हजार ३ सय ३८ रुपैया ३३ पैसा जरिवाना भएता पनि हालसम्म फरार रहेकी याखालाई हिजो पक्राउ गरी आज सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको १ नमबर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।