दुबईबाट हराएको फुटबलका महारथी डियगो म्याडोनाको घडी भारतको असाममा फेला परेको छ । करिव १३ हजार २०० अमेरिकी डलर मूल्य बराबरको हबलट वाच दुबईबाट हराएको थियो ।

घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालसालै भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । दुबई प्रहरीको सहयोगमा उक्त घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ । दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन् ।

आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्थे। कम्पनीमा केही दिन काम गरेपछि बाबु बिरामी भएको भन्दै ती व्यक्ति अगस्टमा आसाम फर्किएका थिए ।

घडी हराएपछि दु्बई प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो । त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए । -एजेन्सी