झुम्काः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट युवा संघ नेपाल र अनेरास्ववियू सुनसरीको जिल्ला भेलाले जिल्ला कमिटी गठन गरेको छ ।

रामधुनी नगरपालिकास्थित झुम्कामा शनिबार भएको भेलाले युवा संघ नेपाल सुनसरीको अध्यक्षमा सोम लोङगली बान्तवा राई र अनेरास्ववियूको अध्यक्षमा अतित किरण नेपाललाई चयन गरेको छ ।

युवा संध नेपाल सुनसरी १ सय १ सदस्य कमिटीको उपाध्यक्षमा विजय लिम्बू, समिम आलम र रितेश पोखरेल चयन भएका छन । संघको सचिवमा प्रकाश दाहाल, सह–सचिवमा राजु कुलुङ राई, प्रतिमा खड्का र निशान्त दाहाल कोषध्यक्षमा दिक्षा चौधरी चयन भएका छन् ।

major2

अनेरास्ववियू सुनसरी जिल्ला कमिटीको ७१ सदस्य कार्यसमितिको उपाध्यक्षमा प्रतिरोध खतिवडा, विनय भट्टराई सचिवमा आशीष प्रधान, सह–सचिवमा रिता ढकाल, प्रजिन आचार्य, हेमराज खडका आदित्य, अरुण कटुवाल कोषाध्यक्षमा अमित दाहाल चयन भएका छन् ।

जिल्ला भेलामा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले सिंगो मुलुक लुटेराको हातमा रहेकाले अब ती लुटेराबाट देशलाई जोगाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताए ।

अध्यक्ष शाहीले मुलुकको सम्पूर्ण सम्पत्ति हुनेखाने र पहुँचवाला १० प्रतिशत नागरिकमा रहेको र व्यवस्था फेरिए पनि विधि नफेरिएकोले युवाहरुले परिवर्तनका लागि हस्तक्षेप गर्नुपर्ने बताए ।

8

भेलामा नेकपा एसका केन्द्रीय सदस्य तथा सुनसरी सह इन्चार्ज केशव तिम्सिना, जिल्ला अध्यक्ष गोविन्द निरौला, उपाध्यक्ष सीताराम पराजुली, रामचन्द्र मटियैत सचिव वसन्त सुवेदी, उपसचिव राजेश भण्डारी, अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्की, युवा संघका केन्द्रीय उपमहासचिव सन्दीप राई, केन्द्रीय सचिव गौरीमान परियार, प्रदेश १ का सचिव सन्दीप राई, अनेरास्ववियूका राजु दाम्सागँ लगायतले धारणा राखेका थिए । संघका अध्यक्ष सोमबहादुर वान्तावा राईले अध्यक्षता गरेको कार्यक्रममा अनेरास्ववियूका सुनसरी अध्यक्ष अतित किरण नेपालले स्वागत तथा सचिव आशीष प्रधानले सञ्चालन गरेका थिए ।

 

1 2 3 4 5 6 7