इटहरीः निर्माण व्यवसायी संघ इलामको २० औं साधारणसभाका सहभागीहरुको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ ।

बन्धन सिमेन्टले साधारणसभामा सहभागीमध्ये ८४ जनाको ५ लाखको दुर्घटना बीमा गरिदिएको हो । बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका ब्राण्ड म्यानेजर अर्जुन पौडेलका अनुसार २२० जना सहभागी कार्यक्रममा विवरण पुगेका ८४ जनाको बीमा गरिएको हो । कार्यक्रममा सहभागी सम्पूर्ण इच्छुक व्यक्तिको निःशुल्क बीमा गरिनेछ । यसअघि पनि उक्त कम्पनीले श्रम क्षेत्रमा सक्रिय मजदुर तथा कर्मचारीहरुको बीमा गरिदिने गरेको उनको भनाइ छ ।

मजदुरहरुलाई भइपरी आउने दुर्घटना तथा जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि कम्पनीले आफ्नो सामाजिक दायित्व निर्वाह गर्न बीमा गरिदिने गरेको पौडेल बताउँछन् । शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कम्पनीले मजदुरहरुको बीमा गर्ने गरेको छ । बन्धन सिमेन्ट विराटनगरमा मुख्य कार्यालय रहेको नेपालकै अत्याधुनिक जर्मन प्रविधिमा आधारित गुणस्तरीय सिमेन्ट हो । पटक पटकको ल्याब परीक्षणपछि मात्र सिमेन्टको अन्तीम प्याकेजिङ गरिन्छ । कम्पनीले यसअघि पनि सुनसरी तथा मोरंगका विभिन्न ठाउँमा भवन निर्माणसम्बन्धी सचेतनामुलक कार्यक्रमहरु गरिसकेको छ ।