इटहरीः अखिल नेकपा एकिकृत समाजवादी पार्टीको युवाहरुको भातृसंगठन युवा संघ नेपालका केन्द्रिय अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य नरेश शाहीले समग्र देश लुटेराहरुको कव्जामा रहेको आरोप लगाएका छन् ।
नेकपा एकिकृत समाजवादी समर्थित युवा संघ नेपाल र अनेरास्ववियूको सुनसरी जिल्ला कमिटिको घोषणा कार्यक्रममा सुनसरीको झुम्कामा आएका शाहीले सिंगो मुलुक लुटेराको हातमा रहेकाले अव ती लुटेराबाट देशलाई जोगाउने जिम्मेवारी युवा विद्यार्थीको हातमा आएको समेत बताए ।
देशको सम्पुर्ण सम्पत्ति हुने खाने र पहुचबाला १० प्रतिशत नागरिकमा रहेको बताउँदै अध्यक्ष शाहीले नेपालीले चाहे जस्तो व्यवस्था फेरिए पनि विद्यि नफेरीएकोले पुन संघर्ष गर्नुपरेको औल्याए ।
नेकपा समाजवादीका केन्द्रिय सदस्य समेत रहेका शाहीले अहिलेको पुस्ताले देश र जनताको लागि राम्रा कामहरु गर्नुपर्ने बताउँदै इतिहाँसले व्यक्तिको भन्दा पुस्ताको खाता रहने बताए । सुनसरीलाई अखिलको जिल्लाको रुपमा चिनिएको स्मरण गराउँदै शाहीले अवको चुनावी नतिजाबाट पनि सुनसरीलाई चिनाउन युवा विद्याथीहरुलाई आग्रह गरे ।
युवा संघ नेपाल र अनेरास्ववियूले युवालाई उत्पादनसँग जोड्न चाहिरहेकाले विकसित देशको रणनितिको आधारमा युवालाई उद्यम र उत्पादनमा परिचालन गर्न निकट भविश्यमै कार्यक्रम ल्याउन आफुहरु लागि परेको शाहीको भनाई थियो । अवको चुनावमा युवाको हस्तक्षेप औँल्याउँदै युवा नेता शाहिले नेकपा समाजवादीले चुनाव जित्नुभनेको गरिव,मजदुर र पिछडिएको वर्गले जित्नु सरह भएको समेत बताए ।
अनेरास्ववियू सुनसरीका सचिव आशिष प्रद्यानले सन्चालन गरेको कार्यक्रममा नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौला, अनेरास्ववियूका केन्द्रिय सचिव सुमन कार्की , युवा संघका केन्द्रिय सचिव गौरिमान परियार, युवा संघ नेपालका केन्द्रिय महासचिव संजिव राई , प्रदेश एकमा मुख्य मन्त्री राजेन्द्र राईका स्वकिय सचिव तथा युवा संघ नेपाल प्रदेश नम्बर १ का सचिव संन्दिप राई, नेकपा एसका केन्द्रिय सदस्य केशव तिमल्सीना, अनेरास्ववियूका राजु दाम्सागँ लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।
अनेरास्ववियूका सुनसरी जिल्ला कमिटिका अध्यक्ष अतित किरण नेपालले स्वागत गरेको कार्यक्रमको नव गठित युवा संघका अध्यक्ष सोमबहादुर वान्तावा राईले अध्यक्षता गरेका थिए ।