इटहरीः भोजपुरको रामप्रसाद राई गाउँपालिकामा प्रहरी चौकी भवनको शिलान्यास गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा बन्न लागेको भवनको गाउँपालिका अध्यक्ष विजय राईले हिजो शुक्रबार शिलान्यास गरेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राई, वडा–६ का अध्यक्ष पर्शुराम राई, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा शिलान्यास गरिएको भवन निर्माणको लागत २९ लाख रहने गाउँपालिकाले जनाएको छ । भवन निर्माणका लागि स्थानीय समाजसेवी सञ्जु राईले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।