इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछिया खोलामा आज बिहान एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ५० वर्षीय बेवारिसे पुरुषको शव फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार मृत्युको कारण यकिन हुन सकेको छैन । प्रहरी चौकी गछिया र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।