इटहरीः राजश्व छलेर भारतीय बजारबाट चोरी पैठारी गरिएका मालसामान सुनसरीका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ ।
त्यसरी गैरकानूनी रुपमा आयात गरिएका सामानको मूल्य एक लाख २३ हजार ९० रुपैयाँ बराबर भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले चिनी, सूर्ति, कपडा लगायतका सामान बरामद गरेको हो ।
तस्करीका सामान आवश्यक कारबाहीका लागि बुधबार सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाइएको एसपी राईले बताए । पछिल्लो समय नेपालबाट भारत र भारतबाट नेपालतिर भन्सार छली गरेर तस्करीका सामान कटाउने गरिएको सूचनाका आधारमा विभिन्न स्थानमा निगरानी बढाएर कडाइ गरिरहेको प्रहरीले जनाएको छ ।