बराहक्षेत्रः नेकपा माओवादी केन्द्र बराहक्षेत्रको प्रथम अधिवेशनबाट नगर अध्यक्षमा कमल बहादुर कटुबाल निर्वाचित भएका छन् ।
आफ्ना निकटम प्रतिद्वन्द्वी गणेश पाण्डेलाई १९ मतले हराउँदै उनी विजयी भएको निर्वाचन समितिका संयोजक अच्युत भट्टराईले जानकारी दिए ।
त्यस्तै, उपाध्यक्षमा शारदा खड्का, बाबुराम ठकुरी, राम बिस्ट, लोलेन्द्र खड्का र भोगेन्द्र डागीको उम्मेद्बारी परेको थियो । जसमध्ये शारदा खड्काले ३६ र भोगेन्द्र डागीले २० मत प्राप्त गरि विजयी भएको जनाइएको छ ।
महिला उपाध्यक्षतर्फ संगिता राई र लेखकुमारी थापाको उम्मेद्बारी परेकोमा ४१ मत प्राप्त गर्दै संगिता राई विजयी भइन ।
सचिव अमित गौतम र कोषाध्यक्ष लंकमान विश्वकर्मा सर्वसम्मत चयन भएको बताइएको छ ।
सहसचिवको लागि ४ जनाको उम्मेद्बारी रहेको थियो । डिक बहादुर थापा, सुमन थापा र राजकुमार अधिकारीलाई पराजित गर्दै रत्न बहादुर रम्तेल २५ मतसहित सहसचिवमा निर्वाचित भएका हुन् ।
यसअघि ६५ सदस्यीय समिति सर्वसम्मत चयन भएका थिए भने तिनै सदस्यमध्येबाट आज पदाधिकारीका लागि निर्वाचन भएको हो ।