इटहरीः नेकपा (एकीकृत समाजवादी) पार्टीले सुनसरीमा भ्रातृ संगठन विस्तारलाई तिव्रता दिएको छ ।

पार्टीले आज धरानमा अमृता रामदामको अध्यक्षतामा ६१ सदस्यीय नेपाल दलित मुक्ति संगठन सुनसरी जिल्ला कमिटी गठन गरेको छ । जिल्लामा पार्टीलाई वडा कमिटीदेखि संगठन विस्तार गर्दै सशक्त बनाउने सुनसरी जिल्ला कमिटीको रणनीतिअनुसार दैनिक रुपमा जनवर्गीय संगठन कमिटीहरु गठन गर्न थालेको हो ।

ns2

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा नेपाल दलित मुक्ति संगठनका संघीय अध्यक्ष गणेश विश्वकर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बिष्ट, सुष्मा राई, पार्टी जिल्ला अध्यक्ष गोविन्द निरौला, संगठनका सुनसरी इन्चार्ज पीबी दियालीलगायतले दलित आन्दोलन र आगामी कार्यदिशाका बारेमा मन्तव्य राखेका थिए ।