सुनसरीः सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।
सुनसरीको ईनरुवा नगरपालिका ३ स्थितबाट जिल्ला प्रहरी कर्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भोक्राह नरसिंह ५ का २० बर्षीय सरोज मन्सुरी र २१ बर्षिय हारुण मन्सुरीको साथबाट ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

266121494_271155738378265_6597496067849689003_n
त्यसैगरी बिशेष सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका ४ स्थित टिका राईको घरको कोठामा खानतलासी गर्दा लागु औषध डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित टिका राई र सोहि स्थानका १९ बर्षिय धनकुमार राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।