इटहरीः झापा बुद्धशान्ति गाँउपालिका ३ स्थित बुद्ध चोकबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम पशुपतिनगर नगरपालिका ३ का २५ बर्षिय पासाङ तामाङ रहेका छन् ।

265407196_271136381713534_727082708954359991_n

मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका ३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सिसि पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले हिजो बिहान साढे ९ बजे तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।