इटहरीः प्रदेश एकमा जन्मिएको एकमात्र विकास बैँक मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
मितेरी बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७९ करोड ७३ लाख ७६ हजार ९३७.५ रुपैयाँको कुल १४ प्रतिशतले हुन आउने ११ करोड १६ लाख ३२ हजार ७७१.२५ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा १३.३ प्रतिशतले हुन आउने १० करोड ६० लाख ५१ हजार १३२.६९ रुपैयाँबराबरको बोनस सेयर शेयरधनिले पाउने छन् भने बोनस सेयरको कर प्रयोजनार्थ ०.७ प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६३८.५६ रुपैयाँबराबरको नगद पनि बैँकले छुटाएको छ । बोनस सेयर पाउने शेयरधनिलाई करको झन्झट नहोस भनेर नगद लाभाशँ समेत बँैकले छुटाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि शेयर धनिको खातामा पठाइने बँैकले जानकारी दिएको छ ।