बराहक्षेत्रः मंगलबार बराहक्षेत्र जसपाबाट दर्जनबढी नेता नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको विषयप्रति जसपा नगर अध्यक्ष नरेश राईले चासो देखाएका छन् ।
प्रदेश, जिल्ला, नगर र वार्ड तहका विभिन्न पदाधिकारी तथा सदस्यहरु गरि १९ जना जसपा कार्यकर्ता नेकपा एस प्रवेश गरेको भनिएपनि त्यसमा सत्यता नरहेको अध्यक्ष राइले बताए । उनकाअनुसार प्रदेश सदस्य युवराज कटवाल, जिल्ला सदस्य गोकुल थापा, नगर सचिव र सहसचिव द्वय दिनेश कटवाल र कृष्ण खत्री र बराहक्षेत्र वार्ड नम्बर ६ का अध्यक्ष कृष्ण शिवा दर्जी मात्र जसपाका नेता हुन् ।
ुजसपाको बदनाम गर्न १९ जना नेता एस प्रवेश गरेको भनिएछ, उनले भने, ५ जना बाहेक मैले अरुलाई चिन्दिन ।ु
३१ जनाको बराहक्षेत्र जसपा कार्यसमितिमा ३ जना बाहिरिएको भने सत्य हो, उनले थपें ।
विचार र सिद्धान्त नभएकाहरु आफ्नो पार्टीमा रहेर पनि कुनै औचित्य नहुने उनको तर्क छ । प्रदेश पोर्टलसँगको कुराकानीमा उनले भनेका छन्, दुई-चार जना बाहिरिएर केही हुन्न, अझै थपिनेक्रम जारी छ ।