इटहरीःइटहरी नगरपालिकाको जेसिवि र टिपर बुधबार दिनभरी जसो इटहरी उपमहानगरपालिका वडा नम्बर ६ कि महिला सदस्य भद्र थापा मगरको घर भत्काउन र घरबाट निस्किएको इटा र सिमेन्ट बोक्न प्रयोग भएको पाइएको छ ।
यता उपमहानगरपालिका र वडा सदस्य भद्र थापा मगरले भने नगरपालिकालाई कच्चा पदार्थ चाहिएकाले प्रयोग गरिएको प्रतिक्रिया दिएका छन् ।
थापाको जुट विकास स्थित घरमा भत्काउन र भत्काउँदा निस्केको माटो बोक्न उप महानगरपालिकालेनै खटाएको त्यहाँका सुचना अधिकारी गणेश प्रसाद भटराईले बताए । नगरपालिकालाई माटो र इटाका टुक्रा आवश्यक परेको र वडा सदस्यको घर भत्काउनु पर्ने भएकोले त्यहि माटो बोक्नकालागि टिपर र भत्काउन जेसिविको प्रयोग गरिएको भटराईले जानकारी दिए ।
“उहाँको भत्काउनु थियो र हामीलाई माटो चाहिएको थियो त्यहि भएर उपमहानगरपालिकाको साधन प्रयोग गरिएको हो । ” भटराईले भने ।
इटहरी उपमहानगरपालिकाको स्वामित्वमा रहेको खानोपानी डिभिजनको कार्यालय पछाडिको जग्गामा पुर्नका लागि वडा सदस्यको घर भत्काएको माटो ल्याइएको बताइएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ कि महिला सदस्य रहेकी भद्र थापा मगरले भने नगरप्रमुख र उपप्रमुख दुवैले आएर हेरेर यहाँको माटो लाने बताएकोले आफुलाई बढि भएको माटो र इटाका टुक्राहरु नगरपालिकालाई उपलव्ध गराएको बताइन । बाहिर बेच्दा प्रति टिपर ३ हजारले बिक्रि हुने भएता पनि आफुले नगरपालिकाको लागि निशुल्क उपलव्ध गराएको मगरको भनाई थियो । “उहाँहरु उपमहानगरपालिका लाई चाहिएको कारण चाहिए जति लानुभयो अव भोली नआउनु भनेर भनेकि छु । ” सदस्य मगरले भनिन । उपमहानगरको साधन दुरुपयोग भएको त होइन नि भन्ने हाम्रो जिज्ञासामा वडा सदस्यले थपिन । “उपमहानगरलाई चाहिएको र म सँग भएकाले माटो र इटाका टुक्राहरु लानुभएको हो नगरपालिकाको साधनको दुरुपयोग भएको होइन ।”