इटहरीः पैंसाको अभावमा सितन विना लोकल रक्सी(ठर्रा) खाएर मृगौंला बिगारेका एमाले अध्यक्ष केपी ओलीको खर्बौको सम्पति हुनु दलाल पुँजीवादको गतिलो उदाहरण बनेको प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् ।
मंगलबारबाट सुनसरीको इटहरीमा शुरु भएको नेकपा एकिकृत समाजवादी पार्टीको १ नम्बर प्रदेशको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई केन्द्रिय सचिवको हैसियतमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
उनले ओलीको पार्टी दलाल पुँजीपति र भ्रष्टचारीहरुको मात्र भएको टिप्पणी गरे । उनले सानो उमेर अरुको घर हुर्केका राम्रोसंग खान नपाएका ओलीको यसबेला विदेश बैंकमा कसरी अर्बौ रुपियाँ जम्माभयो भन्ने प्रश्न गरे । राजनिति गर्ने क्रममा केही बर्षअघि मात्र गोजीमा पैसा नहुँदा सितन विना लोकल ठर्रा(रक्सी) पिँउने ओलीसंग यसबेला काठमाण्डौंमा मात्र तीन चारवटा आलिशान घर कसरी बन्यो ? उनले प्रश्न गरे ।
उनले भने–‘जवजका प्रतिपादक जननेता मदन भण्डारीको अवसानपछि दुई छोरीलाई बिहान बेलुका दुई छाक खाना खुवाउनका लागि एक दानो चामल नभएर अरुले किनेर लगिदिने विद्या भण्डारीसंग यतिबेला कसरी अर्बौको सम्पति जम्माभयो ? यसैलाई दलालपुँजीवाद भनिन्छ । त्यसकारण ओलीको पार्टी समाजवाद उन्मुख होइन, दलालपुँजीवाद तर्फ अघि बढीसक्यो ।’