बराहक्षेत्रः बराहक्षेत्रका एक दर्जन नेता नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादी १ नम्बर प्रदेश कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा सुनसरीभरबाट ६ दर्जनबढी पार्टी प्रवेश गरेको जिल्ला प्रचार विभाग प्रमुख पिबि दियालीले जानकारी दिए ।
जनता समाजवादी पार्टी प्रदेश एकका सदस्य सिताराम घिमिरेको नेतृत्वमा जसपाका ५ जना प्रदेश सदस्यसहित ७० जनाले प्रवेश गरेका हुन् ।
यसैबीच एस पार्टी रोज्नेमा बराहक्षेत्र निवासी जसपा प्रदेश सदस्य युवराज कटवाल समेत रहेका छन् । नयाँ शक्तिको बैकल्पिक यात्रा क्षेत्रीय राजनितिमा आएर टुङ्गिनु, पद्धतिविहिन संगठन चलाइनुले यहाँ (जसपामा) रहन उचित लागेन, एस पार्टी प्रवेशको कारण बताउँदै कटवाल भन्छन्, जसपामा मुख्यतया बैचारिक, साङ्गठनिक तथा कार्यशैलीगत समस्या भएकाले अलग बाटो रोजेको हुँ ।
इटहरीमा आज (मंगलबार) भएको उक्त कार्यक्रममाबराहक्षेत्रबाट २० जनाले एस पार्टी रोजेका छन् । जसमा जसपा बराहक्षेत्र नगर कार्यसमितिका सचिव दिनेश कटवालसहित ७ नगर सदस्य र विभिन्न वडाका ११ पदाधिकारी र सदस्यहरु रहेका छन् ।
नेकपा एस पार्टीका संघीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बराहक्षेत्रबाट गोकुल थापा, भोजराज घले, नगेन्द्र राई, कृष्ण खत्री, उमेश राई, बेदु चौधरी, कृष्ण शिवा दर्जी, पुष्पा बिस्ट, मदन राउत, बिन्दास खड्का, उमेश पौडेल, रेनुका खड्का, शम्भु पौडेल, प्रेम खड्का, मनोज निरौला, श्याम बहादुर कार्की र दल बहादुर कार्कीले एस पार्टी रोजेका हुन् ।
त्यस्तै, माओवादी केन्द्र बराहक्षेत्रका नेता सुरेन्द्र शाक्य समेत नेकपा एसमा प्रवेश गरेको बताइएको छ ।