इटहरीः जनता समाजबादिमा प्रदेश कमिटिका सदस्य सहित ६९ जना र अन्य बिभिन्न पार्टीबाट झण्डै तीन सय कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी समाजबादीमा प्रवेश गरेको छन् ।
नेपाल कम्युनिष्ट पार्टी समाजबादी प्रदेश एक कमिटिले मंगलबाट इटहरीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई पार्टी अध्यक्ष माधव कुमार नेपालले अविर लगाएर स्वागत गरेका छन् ।
जनता समाजबादी सहित नेकपा माले, नेपाली काँग्रस र कांग्रेसकै भातृसँगठन तरुणदलका सहित गरी २ सय ७२ जनालाई मंलगबार नेकपा एसले स्वागत गरेको छ ।

IMG_8923 पार्टी प्रवेश कार्यक्रममा बोल्दै जनता समाजबादी बाट नेकपा एसमा प्रवेश गरेका प्रदेश तहका युवा नेता सिताराम घिमिरेले बाबुराम भटराई नेतृत्वले देशलाई निकास दिन नसक्ने निस्कर्ष सकित आफुहरु अवको लोकतान्त्रिक पार्टी नेकपा एसनै भएकाले एसमा प्रवेश गरेको बताए । घिमिरेले ओलिले २ पटक प्रतिगमन गर्दै संविधानको घाँटी मोठ्दा आफ्नै पार्टीबाट प्रतिवाद गर्ने माधव नेपाल नेतृत्वको नेकपा एस अहिलेको आवश्यकता औल्याएका थिए ।