इटहरीःनेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अव ओलिको एकलौटी पार्टी भएको संज्ञा दिएका छन् ।
मंगलबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ का १४ वटै जिल्लाका कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले हालै महाधिवेसन गरेपछि झनै एमाले केपि आलीको एकलौटी प्राइभेट लिमिटेड जस्तै भएको टिप्पणि गरे ।
 जनताको बहुदलिय जनवादलाई एमालेले त्यागि सकेको बताउँदै नेपालले एमाले अव दक्षिणपन्थीहरुको बिचमा मात्रै सिमित रहेको बताए ।
आफ्ना कार्यकर्तालाई संस्कारीहुन निर्देशन दिँदै नेपालले पदलोलुपता त्यागेर समाजसेवाको भावना जगाउन कार्यकर्तालाई निर्देशन दिए ।
प्रदेशमा पनि बस्ने जिल्लामा पनि बस्ने गरी पदलुलुप्त भएर नबस्न र समाज सेवामा लाग्न अग्रपंतिमा रहेका कार्यकर्तालाई नेपालले निर्देशन दिए ।

IMG_8839
नेपालले एमालेलाई संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने शक्तिका रुपमा चित्रित गरे । ‘संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्ट्याउन चाहने राप्रपा र ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्था छ,’ नेपालले भने ।
एमालेका धेरै नेतालाई अध्यक्ष ओलीको व्यवहार र निर्णय चित्त नबुझे पनि बोल्न नसक्ने अवस्थामा रहेको उनले टिप्पणी गरे । सुत्दा निन्द्रा नलाग्ने, उठ्दा पनि चैन नहुने , मनभरी उकुसमुकुस नेता नेपालले भने, ‘विजोग छ । यसो भएको हुनाले ओलि नेतृत्वको एमाले अव सुध्रिनेवाला नभएको अध्यक्ष नेपालको भनाई थियो ।
चितवनमा भएको १० औं महाधिवेशनबाट एमालेले जनताको बहुदलीय जनवाद (जबज) र क्रान्तिकारी स्वाभावलाई नारायणी नदीमा बगाएको नेपालको तर्क छ ।
नेकपा एस क्रान्तिकारी पार्टी भएको बताउँदै नेता नेपालले नेकपा एसका सम्पुर्ण नेता कार्यकर्तालाई सम्भव हुने कुरा गर्न र जनतालाई ठाडो जवाफ नदिन आग्रह गरे ।

IMG_8856
कम्युनिष्ट आन्दोलनमा आफु पुरानो अभियान्ता रहेको बताउँदै नेता नेपालले २०२८ र २०३२ सालमा माक्सवादीको अभियानमा आफु यहि सुनसरी र मोरङ्गको सेरोफेरोमा मान्छे खोज्दै हिडेको स्मरण समेत गरे ।
प्रशिक्षण कार्यक्रम सके लगत्तै नेकपा एसले घरदैलो अभियान चलाउने भएकाले घरघरमा गएर जनतालाई आफ्नो बिचारहरु विस्तार गर्न र सगठनका साथै सदस्यता विस्तारलाई बढाउने नेता नेपालले कार्यकर्तालाई निर्देशन दिए ।

IMG_8843
७७ जिल्ला मध्ये ७५ जिल्लामा नेकपा एसको संगठन विस्तार भइसकेको बताउँदै अध्यक्ष नेपालले बाँकि रहेको मनाङ्ग जिल्लामा पनि यसै हप्ता भित्र जिल्ला कमिटिको निर्माण हुने बताए ।
माघमा हुने राष्ट्रिय सभाको चुनाव र सम्भवत बैसाषमा हुने स्थानिय तहको चुनावका लागि तयार अवस्थामा रहन समेत नेपाल नेपालले भने । राष्ट्रिय सभामा २० सिट आफ्नै पार्टिले हात पार्नुपर्ने नेता नेपालको भनाई थियो ।

IMG_8841
२ दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा खुल्ला सत्रको सभापतित्व नेकपा एसका प्रदेश १ अध्यक्ष बलदेश चौधरीले गरेको थिए भने पार्टिका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई, समाजबादी खेलकुद महासँघका अध्यक्ष केशव विष्ट, महफुज आलमले मन्तव्य राखेका थिए ।
नेकपा एसकी उपसचिव सरिता थापाले स्वागत गरेको कार्यक्रमलाई पोलिव्युरो सदस्य महेश रेग्मीले सन्चालन गरेका थिए ।