इटहरीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खोसेको सम्पत्तिहरुमा हकदावी गर्ने बताएका छन् । तत्कालीन एमालेको सबै सम्पत्ति केपी ओलि समुहले खोसेको आरोप लगाउदै नेपालले कानुनी प्रक्रिया अनुसार हकदावी गर्ने बताएका हुन् ।

नेकपा एस इटहरी उपमहानगर कमिटीको पार्टी कार्यलय निरिक्षणमा पुगेका नेपालले तत्कालीन एमालेको सम्पत्ति अहिले सबै एकलौटी हडपेको उनको भनाइ थियो ।

जोड्दै जाने हो भने कति अरब पुग्ने हो, भौतिक सम्पत्ति छ, नगदहरुपनि छ । ती सबै खोसेर लगेका छन् । उनैले । कब्जा गरेको छ । नेपालले भने ’ तर पनि केही भएको छैन । फेरि आर्जन गरौंला । हक लाग्छ भने त्यो पनि हकको लागि कानुनी उपायहरू पनि खोजौला ।’