इटहरीः ‘मुलकलाई निरकुंशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्नको लागि पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म नैं कायम रहने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) को १ नम्बर प्रदेश पार्टी कार्यालय र इटहरी उपमहानगर कमिटीको कार्यालयको संयुक्त रुपमा उद्घाटनको बेला उनले यस्तो बताएका हुन् । उनले वर्तमान नेपालको राजनीतिमा नेकपा (एकीकृत समाजवादी)ले समाजवादको लक्ष्य तय गर्दै मुलुकलाई सम्वृद्धितर्फ डो¥याउने बताए । अध्यक्ष नेपालले आजै पार्टीको १ नम्बर प्रदेशस्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न इटहरी आइपुगेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र राई, प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश अध्यक्ष बलदेव चौधरी र पोलिटब्यूरो सदस्य महेश रेग्मीलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेपालले आज दिउँसो लायन्स क्लब इटहरीको भवनमा प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्ने तय भएको छ । प्रशिक्षणमा प्रदेशभरिका चार सय ५० जनाले भाग लिँदै छन् । कार्यालय सञ्चालनका लागि पार्टीका नगर इन्चार्ज केवल फुयाँलले आफ्नै घरको कोठा उपलब्ध गराएका छन् ।