इटहरीः प्रतिबन्धित अवैध लागूऔषध अफिमसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत प्रदेश पञ्जाब जिल्ला फ्रोजपुर घर बताउने २५ वर्षीय केयर सिंह र मौगा घर भएका २५ वर्षीय सुखजित सिंह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उनलाई इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदलै आउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले प्रतिबन्धित लागु औषध अफिम ११ ग्राम बरामद गरेको छ । पक्राउ परेका इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।