इटहरीः खोटाङको ऐँसेलुखर्क गाँउपालिका–२ बाट भरुवा बन्दुकसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय सञ्जय राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ३ः०० बजे विशेष सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय एँेसेलुखर्कबाट प्रहरी टोली खटी गई राईको घर खानतलासी गर्दा १ थान भरुवा बन्दुक फेला परेपछि बन्दुकसहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।