इटहरीः राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन गर्ने कर्मचारी करारमा नियुक्त गरिने भएको छ ।
संघीय गृह मन्त्रालय मातहतको राष्ट्रिय पञ्जीकरण विभागले ८० जना अपरेटर करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेबसाइटमा गई अनलाइन फारम भर्न सक्ने विभागले जनाएको छ । थप ८० जनालाई प्रतिक्षा सूचीमा राखिनेसमेत विभागले प्रष्ट पारेको छ ।