इटहरीः नेकपा एकीकृत समाजवादी पार्टीको युवा संघ नेपालको धरान नगर अध्यक्षमा हिमालजंग खड्का चयन भएका छन् ।
संघको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विकास श्रेष्ठ, सरल उदाश, टोनी राई र आस्था भुजेल चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा विपिन श्रेष्ठ, जोसेप राई, अविश मोक्तान, अंकित श्रेष्ठ, विरिन नेपाली, विवश लामगादे, भोलानाथ विश्वकर्मा, बाले लिम्बू लगायतको ३१ सदस्यीय कमिटी चयन भएको नव निर्वाचित अध्यक्ष खड्काले जानकारी दिए ।
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज सुष्मा राई प्रमुख अतिथि रहेकी थिइन् भने केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज जीवन राई, युवा संघ नेपालका संघीय सचिव गौरी परियार, नेकपा एसका नेता रेवतिरमण राई, अनेरास्ववियूका संघीय कार्यवाहक अध्यक्ष वसिम आलम, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य आनन्द श्रेष्ठ, प्रदेश सचिव भोला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।