इटहरीः प्रदेश एकको हवका रुपमा रहेको इटहरी उपमहानगरपालिका क्षेत्रमा नेकपा एकिकृत समाजवादीको संगठनमा आवद्ध हुने लहर चलेको छ ।

नेकपा एसले सुरु गरेको संगठन विस्तार अभियान अन्र्तगत इटहरी १६ नं वडामा कमरेट टिकाविर कार्कीको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । वडा कमिटीको उपाध्यक्षमा शम्भु आचार्य र शनिश कोईराला रहेका छन् । सचिवमा लेखनाथ निरौला, उपसचिवमा लक्ष्मी तामाङ र सदस्यहरुमा देवी बराल, मातीराम चौधरी, केशव खडका, देवराज घिमिरे, मिलन लामा, उमेश कार्की, लक्ष्मीप्रसाद बन्जरा, पर्शुराम चौधरी, जगतनारायण साह, कृष्ण चौधरी, ललिता चौधरी, नन्दकिशोर यादवलगायत २७ जना रहेका छन् ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा खेलकुद महासंघका केन्द्रीय अध्यक्ष केशव बिष्ट, प्रदेश कमिटी सदस्य कमरेड डा दिवाकर रेग्मी, उपमहानगर इन्चार्ज केवल फुयाल, अध्यक्ष गणेश बुढाथोकी, प्रदेश कमिटी सदस्य ठमनाथ लम्साल, रुद्र बस्नेत, जिल्ला सचिवालय सदस्य पीबी दियाली, कृष्ण नेपाल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।