बराहक्षेत्रः नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटी गठन भएको छ । 

आज (आइतबार) आयोजित एक कार्यक्रमले अजित गुरुङको अध्यक्षतामा ६२ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीमा गुरुङसहित उपाध्यक्ष सरोज राजधामी, सचिव सुवास खत्री, सहसचिव संजोग लिम्बू र कोषाध्यक्ष निष्मा बस्नेत रहेका छन् ।

नवगठित कमिटीलाई केन्द्रीय परिषद सदस्य लक्ष्मण चौधरी र नगर अध्यक्ष चन्द्र मगरले शुभकामना दिएका छन् । सुनसरी जिल्ला सचिवालय सदस्य एवम् युवा संघ नेपाल जिल्ला इन्चार्ज सोम राईको सभापतित्व र नेकपा एस सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।