इन्डोनेसियामा भएको ज्वालामुखी विष्फोटमा १३ जनाको मृत्यु भएको छ । जाभा प्रान्तमा भएको विष्फोटमा कम्तीमा १३ जनाको मृत्यु र दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोटका कारण हजारौँ मानिस विस्थापित भएका छन् । ज्वालामुखीबाट निस्किएको तातो लाभा र खरानीले गाउँ ढाकेको छ । उद्धार र राहत जारी रहेपनि क्षतिको पूर्ण विवरण आइसकेको छैन । -एजेन्सी