इटहरीः सुनसरीको रामधुनी नगरपालिकाको नगरस्तरीय सहकारी उज्वल उपभोक्ता सहकारी सँस्थाको शनिबार सम्पन्न साधारणसभाबाट पुनः भरत कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।

झुम्काको रेडक्रस भवनमा शनिबार सम्पन्न सँस्थाको १३ आँै वार्षिक साधारणसभाबाट कार्की अर्को कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा अध्यक्ष कार्कीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार सँस्थाले यस वर्ष १ करोड ३३ लाख ३९ हजार ८ सय २२ रुपैयाँ निक्षेप संकलन गरेको छ । सँस्थाले गत वर्ष १ करोड २१ लाख ७५ हजार ७ सय १३ रुपैयाँ संकलन गरेको थियो । ५१ लाख ८५ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको सँस्थाले साधारणसभाको अवसरमा असल ऋणी र असल बचतकर्तालाई सम्मानसमेत गरेको थियो ।

261871601_260632299465214_5311787945082809959_n

१३ औँ वार्षिक साधारणसभाबाट असल बचतकर्ता र ऋणीलाई सम्मान गरेको छ । मासिक बचततर्फ उत्कृष्ट भएका बद्री माझीलाई सँस्थाले सम्मान गरेको छ । वृद्ध बचततर्फ छविलाल निरौला, बाल बचततर्फ आराध्या गेलाल, असल ऋणीतर्फ सन्तोष साहलाई सम्मान गरेको अध्यक्ष कार्कीले जानकारी दिए । सँस्थाले बचत तथा ऋण लगानीका साथै उपभोक्ता हितका लागि सेवा प्रवाह गर्दै आएको छ । उपभोक्ताहरुमा उपभोग्य वस्तु सहज पहँुच पु¥याउन दुग्ध डेरी सञ्चालनमा ल्याएको छ । वैशाखबाट सञ्चालन गरेको डेरीबाट दुग्ध बिक्रीवितरण तथा दुग्धबाट बन्ने परिकारहरु उत्पादन गर्ने जनाएको छ ।
कार्यक्रममा सत्यनारायण चौधरी, आशोक रेग्मी, प्रकाश चौधरी लगायतका वक्ताहरुले साधारणसभा सफलताको कामना गर्दै सँस्थाको प्रगतिको शुभकामना दिएका थिए ।