इटहरीः राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार सम्मपन्न निर्वाचनबाट राजेन्द्र लिङ्गदेन अध्यक्षमा विजयी भएका छन् ।

राजेन्द्रसँगै अध्यक्षको प्रतिस्पर्धामा रहेका पार्टिका निवर्तमान अध्यक्ष कमल थापाले आफूले प्रतिस्पर्धामा हारेको स्वीकार्दै पार्टिका निर्वाचित अध्यक्ष लिङ्गदेनलाई बधाइसमेत दिएको छन् । मत गणताको अन्तिम नतिजा नआउँदै थापाले लिङ्गदेनलाई बधाई दिँदै सामाजिक सञ्जालमा पार्टिको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै त्यसको भत्र्सना गरेका छन् ।

सिंगो मुलुक लोकतन्त्रमय भएको बेलासमेत शिरमा कफन बाँधेर राजसँस्था बोकेर हिँडेको पुरस्कार आज पाएको भन्दै कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई चुनावमा हराउन भूमिका खेलेको आरोप लगाएका छन् । आफूलाई राजसँस्थाको एजेण्डा लिएर हिँडेको मुल सम्वाहकको रुपमा लिँदै थापाले आफूलाई समाप्त पार्न लिएको चेष्टाले राजाको भलो होस् भन्दै सामाजिक सञ्जालबाटै आक्रोश व्यक्त गरेका छन् ।

Capture 1