इटहरीः सत्तारुढ दल नेकपा माओवादी केन्द्रको इटहरी उपमहानगर अधिवेशनले बहादुरसिंह तामाङ (ज्वाला) को अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरेको छ ।

इटहरी उपमहानगर पार्टी कार्यालयमा हिजो सम्पन्न मतदानबाट भारी मतान्तरले तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । यो उनको दोस्रो कार्यकाल हो । तामाङले ६३ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बर (राजन) काफ्लेले ६ मत प्राप्त गरी पराजित भए । यसैगरी, उपाध्यक्ष पदमा ४६ मतका साथ ज्ञान किराँती, ३६ मतका साथ रितेश श्रेष्ठ र २८ मत प्राप्त गरी कविन्द्र केसी विजयी भए ।

moc3

यसैगरी, सचिव पदका लागि भएको मतदानमा प्रभात आचार्य ३६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी हेमसागर तिम्सिनाले २२ मत र कृष्ण सापकोटाले ११ मत ल्याई पराजित भए । यसैगरी, सहसचिव पदका लागि भएको मतदानमा शुशीला उप्रेतीले ३६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी डिल्ली आचार्यले १७ मत, नविन तामाङले १४ मत प्राप्त गरे । यसैगरी, कोषाध्यक्षमा दीपनारायण चौधरीले ४१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राजकुमार आचार्यले १४ र सीता रसाइलीले १४ मत प्राप्त गरे ।

moc1