कोभिड १९ का कारण अस्पताल भर्ना हुनुपरेका एक प्रतिशत बिरामीमा दिमागी समस्या देखा परेको अध्ययनले देखाएको छ ।

कोभिडका कारण अस्पताल भर्ना भएका एक सय बिरामी मध्ये एकजनामा स्नायु प्रणालीसम्बन्धी जटिलता देखा परेको कोभिड–१९ सम्बन्धी हालै गरिएको अध्ययनले देखाएको हो ।युरोप र अमेरिकामा मात्र कोभिडले अस्पताल भर्ना भएका झन्डै ३८ हजार बिरामीमध्ये ११ प्रतिशतमा मस्तिष्कसम्बन्धी समस्याका लक्षण देखा परेको हो । एमआरआइ र सिटीस्क्यान गर्दा बिरामीमा स्नायु प्रणालीको समस्या रहेको पुष्टि भएको थियो भने यो कोरोना भाइरससँगै सम्बन्धित रहेको पाइयो ।

आर्टेरिज अवरुद्ध हुनाले बिरामीहरूमा स्ट्रोकको समस्या बढी देखिएको अध्ययनको निष्कर्ष रहेको छ । साथै मस्तिष्कमा रगत बग्ने, इन्फ्लामेसन हुने साथै विभिन्न घातक समस्या पनि देखिएका छन् । कोभिडका कारण फोक्सोमा समस्या हुन्छ भन्ने कुरा सबैलाई थाहा भएपनि अध्ययनले कोभिडको कारण मस्तिष्कसम्बन्धी पनि विभिन्न जटिलता निम्त्याउन सक्ने फिलाडेल्फियास्थित युनिभर्सिटीका डाक्टर स्कट बताउँछन् । यो महामारीमा मृत्युदर वृद्धि हुनुको कारक बन्न सक्ने उनको भनाइ छ । -एजेन्सी