इटहरीः नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ सभापति पदमा कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापाले उमेद्वारी दिने भएका छन् ।

बिहीबार राति भएको सहमतिअनुसार सँस्थापन पक्षले थापालाई सभापतिको उमेद्वार बनाउने तय भएको हो । यसैगरी प्रदेश उपसभापतिमा टङ्क राई र रमेशजंग रायमाझीलाई उठाउने तय भएको काङ्ग्रेस नेता अमृत अर्यालले बताए । महामन्त्रीमा पदम पालुङ्वाले उमेद्वारी दिने भएका छन् । सहमहामन्त्रीमा विनोद बस्नेत र प्रमिला गच्छदारले दाबी पेस गर्ने सहमति भएको छ ।