इटहरीः संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको मध्यप्रदेशका ४५ वर्षका मुगेरीलाल सिंह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ३ मा कार्यरत अवस्थामै बुधबार राति सुरुङभित्र गम्भीर घाइते भएका सिंहलाई उपचारार्थ जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।