इटहरीः सङ्खुवासभाका ६ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले पार्टीको नयाँ नेतृत्व चयन गरेको छ ।

तीन नगरपालिका र तीन गाउँपालिकाको नेतृत्व परिवर्तन भएको हो । पार्टीले पाँचखपन, खाँदबारी र मादी नगरपालिका तथा सिलिचोङ, चिचिला र सभापोखरी गाउँपालिमा सर्वसम्मतिबाट प्रतिनिधि चयन गरी नेतृत्व हस्तान्तरण गरको हो । मादी नगरपालिकाको अध्यक्षमा दाबा शेर्पा चयन भएको पार्टीका जिल्ला संयोजक कृष्ण जिमीले बताए । यसैगरी, खाँदबारी नगरपालिकामा दिव्यराज बराल र पाँचखपन नगरपालिकामा कर्ण राईको अध्यक्षतामा नयाँ कमिटी गठन भएको उनको भनाइ छ ।

सिलिचोङ गाउँपालिका अध्यक्षमा ईश्वर कुलुङ, चिचिला गाउँपालिका अध्यक्षमा डम्बरजंग गुरुङ र सभापोखरी गाउँपालिकाका अध्यक्षमा विष्णुकुमार तामाङ सर्वसम्मत चयन भएको बताउँदै उनले बाँकी रहेका स्थानीय तहहरुमा पनि छिटै नेतृत्व हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए ।