इटहरीः नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सँस्थापनइतर पक्षाबाट गुरूराज घिमिरे सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

राजीव कोइरालाले उमेद्वारी नदिने निश्चित भएपछि घिमिरेको उमेद्वारी परेको हो । घिमिरेले प्रतिस्पर्धा सँस्थापन पक्षका उमेद्वार उद्धव थापासँग प्रतिस्पर्धा गर्नेछन् । उम्मेदवार छनोटको विषय पेचिलो बनेपछि नेपाली काङ्ग्रेस प्रदेश १ को उदघाटन स्थगीत भएको थियो । बिहीबार दिउँसो २ बजे अधिवेशन उदघाटन गर्ने कार्यसूची थियो । तर नेताहरू उम्मेदवार छान्नका लागि छलफलमा बसेपछि उदघाटन सत्र शुक्रबार बिहान सम्मका लागि स्थगीत भएको हो ।