इटहरीः राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन भएको कक्षा १२ को परीक्षाको परिणाम भोलि सार्वजनिक गरिने भएको छ ।

गते भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालित परीक्षाको परिणाम प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको भन्दै बोर्डले भोलिसम्ममा नतिजा सार्वजनिक गर्ने प्रयास भइरहेको जनाएको छ । यस वर्ष देशभरका कुल ३ लाख ७५ हजार परीक्षार्थीहरुले कक्षा १२ को परीक्षा दिएका थिए ।

कोरोना संक्रमणका कारण गत भदौंमा सहभागी हुन नसकेका ४१ परीक्षर्थीहरुको परीक्षा हिजोदेखि सुरु भएको छ । उनीहरूको परीक्षाफल १० दिनभित्र प्रकाशित हुने बोर्डले जनाएको छ ।