इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ बाट अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इटहरी ४ पाँचधारे का ३० वर्षीय सन्तोष श्रेष्ठ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ६ः३० बजे प्रदेश नम्बर १–०२–०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ५०० मिलिग्राम बरामद भएको हो ।

पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।