इटहरीः उदयपुरको चौदण्डिगढी नगरपालिका ४ नमुना चौकबाट गाँजासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका ९ कमलपुर का २९ वर्षीय जिबछ मण्डल र १९ वर्षीय रुपेशकुमार सरदार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ४ः३० बजे इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा स. ११ प ९७९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद भएको हो ।

पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।