इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका १ बुद्ध चौकबाट प्रतिबन्धित औषधिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे २ का २० वर्षीय सलबहादुर गुरुङ र २० वर्षीय सागर गोसनी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ३ः४५ बजे इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुका साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट बरामद भएपछि दुवै जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका अभियुक्तद्वयलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखी थप अबाट थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।