इटहरीः आजभोलि बराहक्षेत्रमा एउटा विषय खुबै चर्चामा छ । र, त्यो हो– वडा सचिव निलम कार्कीको सरुवा ।

सचिव कार्की बराहक्षेत्र १० नम्बर वडाबाट सरुवा भएर ५ नम्बरमा आएको एक महिना बितिसकेको छ । विगतमा ५ नम्बर वडामा रहेर काम गरिरहँदा अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भनिएका सचिव कार्की पुनः सोही वडामा सरुवा भएर आएपछि विवाद सुरु भएको हो । वडामा सक्रिय ५ राजनैतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त कदमप्रति विरोध जनाउँदै आएका छन् । गठबन्धनका अनुसार सचिव कार्की वडावासीले नरुचाएका, विवादास्पद छवि बनाएका कर्मचारी हुन् । विगतमा सचिव कार्की ५ नम्बर वडामा हुँदा उनले गरेका आर्थिक अनियमिता, नीतिगत भ्रष्टाचार, भत्तामा गरेको घोटालाको आफूहरूसँग प्रमाण रहेको गठबन्धनको जिकिर छ ।

nk2

यहाँ खास चर्चा गर्न लागिएको विषयचाहिँ अब सुरु हुन्छ । कुरा आज (बुधबार)को हो । सन्दर्भ सचिव सरुवा विवादकै । यस विषयमा पाँच दलीय गठबन्धनले यसअघि सम्बन्धित वडाका कार्यवाहक अध्यक्ष डिल्ली थपलिया र बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्ललाई ध्यानाकर्षणपत्र हस्तान्तरण, पत्रकार सम्मेलन, वडा कार्यालयमा धर्ना लगायतका कार्यक्रमहरु गरिसकेको थियो । यस बीचमा गठबन्धनका कार्यक्रमहरु सकिएलगत्तै नेकपा एमाले बराहक्षेत्र ५ नम्बर वडा कमिटीले गठबन्धनले कर्मचारीमाथि अराजक गतिविधि गरेको निष्कर्षसहित प्रेस विज्ञप्ति जारी गर्यो । लगत्तै सचिव कार्कीले आफ्नो चरित्रहत्या गर्न कोसिस गरिएको आरोप लगाउँदै पत्रकार सम्मेलन गरे । थुप्रै कार्यक्रम गर्दा पनि सचिव सरुवाको विषयमा नगरपालिकाले वास्ता नगरेको भन्दै आज गठबन्धनले बराहक्षेत्रका मेयर निलम खनालसँग भेटवार्ता गर्यो ।

nk3

झण्डै १२ बजेको समयमा । नगरपालिकाको सभाहलभित्र झन्डै ५० जनाको उपस्थिति थियो । त्यहाँ राजनीतिक दलका प्रतिनिधि मात्र नभई स्थानीय स्वतन्त्र नागरिक पनि थिए । र, छुटाउनै नहुने कुरा त्यहाँ अघि नै इलाका प्रहरी कार्यालयबाट ५ जनाभन्दा बढीको प्रहरी टोली र नगर प्रहरीको समेत उपस्थिति थियो । केही समयपछि नगरप्रमुख खनालको आगमन भयो । उही स्थानीयले नरुचाएका सचिव कार्कीलाई स्थानान्तरण गर्न मागसहित गठबन्धनले खनाललाई पत्र हस्तान्तरण गर्यो । ’साथीहरू आउनचाहिँ सही स्थानमा आउनुभयो’, त्यसपछि मेयर खनालले थपे, ’हामीले हाम्रो सहजताअनुसार कर्मचारीको हेरफेर गर्छाँै, त्यसैले यो निर्णय फिर्ता हुँदैन ।’ खनालले प्रश्न गरे, कर्मचारी सरुवा मैले पाँच दललाई सोधेर गर्नुपर्ने ? जहाँ जानु छ जानुस्, तर कर्मचारी फिर्ता हँुदैन । उनी अझै कड्किन थाले, ‘वडा कार्यालयमा धर्ना, हुलदंगा गरेर निर्णय फिर्ता हँुदैन, यसबारे म केही गर्दिनँ । जहाँ जानुस् मलाई मतलब छैन ।’

 त्यसपछि गठबन्धनका एक पात्र जगतबहादुर कार्कीले भने, ‘हामीले २ गते ज्ञापनपत्र बराहक्षेत्र नगरपालिकामा हालिसकेका छाँै, हामीले कुनै हुलहुज्जत गरेका छैनाँै । कांग्रेस नेता कार्कीले सचिव निलम कार्कीले एपक्षीय ढंगबाट काम गर्ने गरेको आरोप लगाए । सचिव कार्कीको पत्रकार सम्मेलनलाई उदृत गर्दै उनले प्रश्न गरे, ‘सचिवले पत्रकार सम्मेलन गरेर दल तथा जनताका प्रतिनिधिलाई धम्की दिन मिल्छ ?’ कार्कीको यस प्रश्नको उत्तरमा मेयर खनालको जवाफ थियो, ‘उसोभा मैले सबै निर्णय पाँच दलीय गठबन्धनलाई सोधेर गर्दै हिड्न सक्छु ?’ यति भनेर उनी कुर्सीबाट उठेर जाँदै गर्दा थपे, ’जे गर्न मन लाग्छ गर्नुस्, यसबारे मेरो निर्णयमा पुनर्विचार हुँदैन ।’ 

nk4

‘मेयरले दादागिरी देखाए, जनताको कुरै नसुन्ने यिनी कस्ता मेयर ? राणाशासन पनि यतिसारो थिएन होला.....’ मेयर खनाल हिड्नासाथ यस्तै आवाजहरु गुञ्जन थालेको थियो । ’निलम कार्की एमालेको सहजकर्ता हो, सचिव हैन ।’ उपस्थित मध्येका एक नेताले भने, ‘३ नम्बरमा वडा अध्यक्ष र मेयरको खटपट भएर मेयरले सचिवलाई त्यहाँ पठाए ।’ नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चन्द्र मगरले मेयरद्वारा साँढे गोरु प्रवृत्ति देखाइएको तर्क गरे । त्यस्तै, माओवादी नेता अमित गौतमले मेयर खनाललाई सबक सिकाउने बताए ।
यता प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्लले मेयर खनाललाई ’कन्भिन्स’ गराउने बताए ।