इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनयता दक्षिण अफ्रिका र एसियाका केही देशहरुमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको नयाँ ‘ओमिक्रोन’ भाइरसबाट बच्न सार्वजनिक अपिल गरेको छ ।
यो भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी चासोको भेरियन्ट ‘भेरियन्ट अफ कन्सर्न’ घोषित गरेकाले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले सर्वसाधारणमा अपिल गरेको हो । हालसम्म नेपालमा यो भाइरस प्रवेश नगरेको जनाउँदै मन्त्रालयले परीक्षणको दायरा बढाई सावधानीका उपाय अवलम्बन गरिएको मन्त्रालयको भनाइ छ । कोभिड १९ को संक्रमणबाट बच्न कोभिड विरुद्धको खोप लगाउन पनि मन्त्रालयले अपिल गरेको छ ।