इटहरीः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत धनकुटा जिल्ला सभापतिमा संस्थापन पक्षका दिनेश राई निर्वाचित भएका छन् ।

कुल नौ सय ७४ मध्ये पाँच सय चार मत ल्याएका राई सभापति निर्वाचित भए भने चार सय ७० मतका साथ उनका निकटतम प्रतिद्वन्द्वी कमठ फागो पराजित भए । उपसभापतिमा सुनिल डङ्गोल र निर्मल ओझा, सचिवमा विजयसन्तोषी राई र जयन्द्र घिसिङ तथा सहसचिवमा रोशन श्रेष्ठ र गिरिजा दाहाल चयन भए ।